अर्घाखाँचीमा भीरबाट लडेर दुईजनाको मृत्यु



अर्घाखाँची,असार ५ । अर्घाखाँचीमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नं. ५ आरुखोरका ४९ वर्षीय मन बहादुर खत्रीको भिरबाट लडेर ज्यान गएको हो ।उनी मालारानीकै टारीमा रहेको खेतको रोपाइ सकि घर फर्कने क्रममा घर नजिकैको भिरबाट लडेर घाईते भएका खत्रीको अर्घाखाँची अस्पताल सन्धिखर्क ल्याउने क्रममा मृत्यु भएको बताएको छ ।

यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर–२, भलायडाँडा निवासी ५५ बर्षिय बसन्त कुमालको सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पस भवन निर्माणको काम गर्ने क्रममा लडेर मृत्यु भएको छ ।

लडेर घाइते भएकोमा उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्