गुल्मीमा जिपमाथि पहिरो खस्दा एकको ज्यान गयो



अनिल खत्री, गुल्मी,असार ६ । गुल्मी पहिरो जिप पुरिदा १ जनाको मृत्यु भएको छ । शनिवार अपरान्न तिर जिल्लाको धुर्कोट गाउँपालिका वडाम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएर १९ वर्षिय सुरज काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

जिप जिल्लाको मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो । जिप पहिरोमा पुरिएर ५ जना घाइते भएका छन् ।

घाइते चालक र जिपमा सवार १ जनाको अर्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरी निरिक्षक रावलले बताए ।

घटना स्थलतर्फ इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोली लागेकाले थप बिवरण आउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्