नागरिकता बिधेयक राष्ट्र हित कि घातक ?-रमेशकुमार महत



संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतले आज पास गरेको छ । नागरिकता विधेयक अत्यन्त संवेदनशील विषय हो । उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान प्रस्तावित छ ।

नागरिकता विधेयक अंगिकृत नागरिकको राजनीतिक अधिकारको बिषयमा स्पष्ट नभई यो बिधेयक नेपालको लागि घातक हुन सक्दछ । अंगीकृत नागरिकता प्राप्त गर्ने नागरिकले राज्यको कुन तह सम्मको सुविधा प्राप्त गर्नेछन् ? र अंगीकृत नागरिकको राजनीतिक क्षेत्रको अधिकार सम्वन्धमा स्पष्ट हुन जरुरि छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले यस प्राबधान पास गरे पनि संसदले यस बिषयमा गंभिर बहस हुन जरुरि छ ।कतै यो बिधेयक राष्ट्र घाति नहोस ।

समितिले प्रस्तावित विधेयक बहुमतले पास गरे पनि प्रमुख विपक्षी नेपाली कांग्रेस,राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका छन् । यस अडान संसदमा हुने छलफलको लागि उपयोगि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्