भर्जुअल बैठकमा पोर्न भिडियो चलेको बिषयमा पर्यटन बोर्डले माग्यो माफी



काठमाडौ,असार ९ । पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न सोमबार आयोजित भर्जुअल बैठकमा अचानक पोर्न भिडियो चलेको बिषयमा पर्यटन बोर्डले माफी मागेको छ।

सोमबार भएको उक्त भर्चुअल बैठकका क्रममा कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बोलिरहेका बेला करिब १ मिनेट पोर्न भिडियो देखिएको थियो। ‘ह्यारिस’ नामको अनधिकृत आईडीबाट यस्तो भिडियो देखिए लगत्तै बैठक बीचैमा रोकिएको थियो । यसैकारण नेपाल पर्यटन बोर्डले लगत्तै विज्ञप्ति निकालेर माफी मागेको छ । साथै घटना छानबिनको प्रक्रिया अगाडि बढाइसकेको पनि बोर्डले जनाएको छ।

जुम मिटिङमार्फत ‘पर्यटन बोर्डले पर्यटन क्षेत्र व्यवसाय सञ्चालन कार्यविधि’ सार्वजनिक गरेकाे थियो। जुममा २ सयभन्दा बढी सहभागि थिए।

प्रतिक्रिया दिनुहोस्