नदिमा डुबेर दुई बालक बेपत्ता



तेह्रथुम,साउन १० । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गामा स्थित तमोर नदीको प्याङ्गे दोभानमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा रहेका छन् ।

उनीहरु आँप खान भन्दै तमोर नदीकाे किनारमा जादैगर्दा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) शेषकराम थन्दारले जानकारी दिए ।

बेपत्ता भएकाहरूको खोजी छातेढुङ्गा र चुहानडाडा प्रहरी चौकीबाट खटिएको प्रहरीले गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्