काठमाडौ भित्रिनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र



काठमाडौं, असार १० । बाहिरबाट काठमाडौं उपत्यका भित्रिने सबैले १४ दिनसम्म अनिवार्य  होम क्वारेन्टिनमा बस्नुपर्ने सरकारले परिपत्र जारी गरेको छ । गृहमन्त्रालयले मंगलबार एक परिपत्र जारी गर्दै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनलाई कडाईका साथ यो व्यवस्था लागु गर्न निर्देशन दिएको हो ।

केहि समय यता लकडाउन खुकुलो भएसँगै विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका सहितका विभिन्न जिल्ला आवतजावत गर्नेको संख्या ह्वात्तै बढेको छ ।

यता घरबेटीले कोरोना परीक्षणको रिपोर्ट नदेखाएसम्म घरमा छिर्न नदिएकोले टेकुमा कोरोना परीक्षण गराउनेहरुको ठूलो भीड लागेकोले गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालयको परीक्षण गाईडलाईन्स अनुसार यस्तो परिपत्र जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्