देशको विभिन्न ठाउँमा चार जना मृत फेला



काठमाडौं,असार १० । देशका विभिन्न भागमा चारजना मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको कोटइमाइ गाउँपालिका(२ पटरिहवा बस्ने १८ वर्षीय बिजय कुमार लोहनी मंगलबार साँझ सम्मरिमाइ गाउँपालिका–७ तिनाउ खोलाको बेदकुइया घाटमा मृत अवस्थामा फेला परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका–१० सैनिक बजार बस्ने ६० वर्षीय खगेन कर्मकार सोही ठाउँस्थित सडक छेउमामंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । बिहान काममा जान्छु भनेर घरबाट हिँडेका उनी मृत फेला परेका हुन् ।

प्युठानको माण्डवी गाउँपालिका–३ बस्ने ७८ वर्षीया फूलमती योगीसरूमारानी गाउँपालिका(३ धनमौरे सामुदायिक जंगलको माडीखोला किनारमा मंगलबार दिउँसो मृत फेला परेकी छन् ।

यसैगरी प्युठानको स्वर्गद्वारी नगरपालिका(३ जुडढुंगास्थित माडीखोलाको बगरमा हाल नाम, थर, वतन नखुलेकीकरिब ५० वर्षीया महिलाको शव मंगलबार दिउँसो फेला परेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्