MCC बारे मेरो धारणा,तपाईं आफ्नो निर्णय गर्नुस -डाक्टर कल्याण सुबेदी



MCC बारेमा स्पष्ट धारणा नराखेर जनतालाई सत्य तथ्य नभनेर पहिले पहिले चर्को भाषण गर्ने ठुला नेताहरु बोल्न पर्ने बेलामा दुला पसेपछि नेपाली जनमानसमा झन् अन्योल र आक्रोश देखिएको छ। आंफुले केहि नबुझेको भए “मलाई थाहा छैन” पनि भनेका छैनन्, बुझेको भए जनतालाई बुझाउन मेहनत पनि गरेका छैनन्। MCC बारेमा मेरो धारणा यहाँ राख्छु; तपाईं आफ्नो निर्णय गर्नुस।

१; MCC बाट पाउने अनुदानबाट गरिने बिकासका कार्यक्रम अति आवश्यक हो र यसको दिर्घकालिन फाइदा छ भनेर सबै नेपाली expert हरुले भनेका छन्। यस कुरामा बिबाद छैन।

२; झन्डै १५ बर्ष अमेरिका बसेर मैले सिकेको कुरा वा अमेरिकाले सिकाएको कुरा “अमेरिकामा केहि कुरा निशुल्क हुँदैन”; मेरो बिचारमा MCC को उदेश्य China को ब्यापारिक र अन्य influence लाई Check मा राख्नु हो।

३; MCC मा हस्ताछर गर्यो भने अमेरिकी सेना नेपालमा आएर बस्छ भन्ने हल्ला फिंजाईएको छ। MCC मा त्यस्तो उल्लेख छैन। अमेरिकी सेनाले दुख दिएको भनेको धेरै थरि Video Facebook भरी छन। प्राय Video मा देखिएका सैनिक American सैनिक होइनन। १-२ वटा Iraq र Afghanistan को video मा अमेरिकी सैनिक छन् जुन MCC संग संबन्धित होइनन। अमेरिकालाई आफ्नो सैनिक नेपालमा नराखी नहुने स्थिति आयो भने MCC मा हस्ताछार गरे पनि नगरे पनि जसरी पनि ल्याएर राख्ने बहाना बनाउन सक्छ। अहिले नै सक्छ। त्यसो गर्दा न चीनले हाम्रो पक्ष लिन्छ न भारतले।

४; भारत सरकार, भारतीय सुरक्षाबल र भारतीय गुप्तचरले अहिलेसम्म नेपाल राज्य ब्यबस्था, नेपालीभूमी र नेपालीलाई दुख दिएको जुन पिडा नेपालीको मानसपटलमा छ सोहि पिडाकै Prism बाट हामीले MCC र अमेरिकनलाई हेरेका छौं।

५; अमेरिकाको सार्वभौमिकता र अमेरिकन नागरिकको सुरक्षामा (जानीजानी प्रत्यक्ष) खलल पार्नेलाई उसले आजको मितिसम्म बाँकि राखेको छैन। अन्यलाई आजको मितिसम्म छोएको छैन।

६; नेपाली जनता आफ्नै नेताहरुले बिगतमा भारतसंग गरेका धेरै सम्झौताहरु देखेर भोगेर अब कुनै पनि हालतमा उनीहरुको बिश्वास गर्ने पक्षमा छैनन्। अझ त्यसमा पनि बिगतमा प्रत्यक्ष सम्झौता गर्ने र अप्रत्यक्ष भारतको गोटी बन्ने सबैजना (उही नेताहरु) कि सत्तामा छन् कि सत्ता पक्ष कै पार्टीको मुख्य पदमा छन् या प्रतिपक्षको मुख्य पदमा छन्। यिनीहरुबाट फेरी पनि धोका हुन्छ भन्ने बुझाई छ। यिनले भनेको कसैले पत्याउने स्थिति छैन।

७; अमेरिकीले भारतले झैं धोका दिए हामी केहि गर्न सक्दैनौ भन्ने डर सबै नेपालीमा छ जुन जायज प्रश्न हो। जनताको मनमा भएको यस्तो त्रासलाई शान्त पार्न जनतासंग गएर कुरा गर्ने, छलफल गर्ने, अन्योल भए हटाउने, MCC को फाइदा बेफाइदा बारेमा स्पष्ट बोल्ने कोहि छैनन्। सबैले जिब्रो चपाएर कुरा गरेका छन्।

८; एकछिनलाई मानौं अमेरिकाले नेपालमा सैनिक पठाएर (अहिले नेपाली जनमानसमा त्रास भएको जस्तो) नेपाललाई खत्तमै पार्न खोज्यो भने त्यसो गर्नु अघि अमेरिकन सरकारले अमेरिकन जनताको साथ नलिईकन गर्न सक्दैन। नेपाली प्रति अमेरिकी जनतामाझ निकै सद्भाव छ। अमेरिकी सरकार वा सैनिकको कारण नेपालीले दुख पाएको कुरा यहाँको Media ले चाल पायो भने सरकारलाई लज्जाको बिषय हुन्छ। अमेरिकी सेना भारतीय सेना जस्तो होइन। नेपालमा कुनै घटना घटाए भने उनीहरुले अमेरिका मै अन्य अमेरिकी नागरिक माथि गरेको अपराध अनुसार नै कारवाही हुन्छ। त्यस्तो घटनाको प्रमाण नेपाल प्रहरीले जुटाएर दिए पनि काम गर्छ। यस्तो खालको कारवाही केहि अमेरिकन सेनाले भोगेका छन् आजको मितिमा पनि केहि जेलमा छन्। अमेरिकामा public मा सैनिकको मान (इज्जत) निकै ठुलो छ। त्यो इज्जतमा आँच आउन नदिन सेनाले निकै मेहनत गरेको मैले देखेको छु।

९; अमेरिकासंग सम्झौता गर्दा चीन दच्किन्छ र अर्को समस्या सुरु हुन्छ भन्ने धारणा पनि छ जुन जायज प्रश्न हो। समय र परिस्थिति अनुसार सन्धि सम्झौता, ब्यापारिक कारोवार, कूटनीतिक सम्बन्ध सबै देशसंग राख्दै जानु पर्छ। हाम्रो देशको महत्व देखेर उनीहरु हामीलाई प्रयोग गर्न खोजे भने हामीले पनि उनीहरुलाई प्रयोग गर्न जान्नु पर्छ।

१०; MCC मा हस्ताछार गर्ने कि नगर्ने त भनेर मलाई सोध्नु भो भने म “अहिले नगर्ने” नै भन्छु। हस्ताछार गर्नु अघि (कम्तिमा) जनता माझ नै गएर जिब्रो नचबाई, केहि नलुकाई जनताको सम्पूर्ण प्रश्नको जवाफ दिनुपर्छ। अहिलेसम्म गरेको सन्धि सम्झौताबाट देशलाई भएको क्षति के के हुन् र दोषी को को हुन् सबैकुरा खुलाउनु पर्छ। जनतालाई ढुक्क पार्नु पर्छ। Risk vs Benefit जनताले प्रष्ट बुझ्नु पर्छ। MCC मा जनतालाई चित्त नबुझेको बुँदा छन् भने छलफलबाट बुँदा परिवर्तन गर्नु पर्छ। पछि MCC सम्झौताबाट नेपालीले धोका पाएको महसुस गरे भने त्यसो हुन नदिन लड्ने जनता नै हुन; नेपाली सैनिकको लड्ने खुबी छैन। सम्पूर्ण नेपाली जनता लागे भने अमेरिकी सरकारलाई झुकाउन सक्छ; गलत कार्य गर्नबाट रोक्न सक्छ। 

-Dr. Kalyan Subedi, DNP, PMHNP

प्रतिक्रिया दिनुहोस्