काठमाण्डौ देखि नुवाकोट हुदै गोसाईकुण्ड पदयात्रा मार्ग अध्ययन सुरु



काठमाडौ,असार १२ । नेपाल टूरिजम बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजको संयुक्त प्रयासबाट काठमाण्डौबाट नुवाकोट हुदै गोसाईकुण्डको नयां पदमार्ग अध्ययनको लागि आज अध्ययन टोलि काठमाण्डौको बुडानिलकंठबाट प्रस्थान गरेको छ । अध्ययन टोलिमा रसुवा नुवाकोट पर्यटन समाजका बरिष्ट उपाध्यक्ष शिव लामिछानेको नेत्तृत्वमा ६ सदस्यीय टोलिले ८ दिनको भ्रमण गरि संभाव्यता अध्ययन गर्नेछ ।

टोलिमा समाजका सदस्यहरु दिनेश तामाङ ,गगनराज न्यौपाने,उर्जा तामाङ रहेका छन् साथमा पत्रकार अशोक शिलवाल,सुरेन्द्र राना रहेका छन् । भ्रमण टोलिलाई युवा नेता रमेशकुमार महत र रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने भ्रमणको पुर्ण सफलताको लागि आज विधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरियो ।

यस अघि १८ बर्ष अघि यस मार्गको चीन द्वारा संभाव्यता अध्ययन गरि पुर्व अर्थ मन्त्री डा.रामशरण महतको कार्य कालमा बजेट बिनियोजन गरि बुडानिलकंठ-सिक्रे-मानेभन्ज्यांग-समुन्द्रटार-बाघमारा-सागरकुण्ड-राउचुलि हुदै गोसाईंकुण्ड सम्म पद मार्गको लागि करिव ७० करोड़ भन्दा बढि बजेट विनियोजन भई बाटो निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्