लोकदोहोरी गायक दिपक परियार कोठामा झुन्डिएको अवस्थामा भेटिए



काठमाडौ,असार १२ । नेपालका एकजना लोकदोहरी गायकले आत्महत्या गरेका छन् । घरमानै झुण्डीएको अवस्थामा फेला परेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ ।

तिलोत्तमा १० मा बस्दै आएका उनी कोठामा झुण्डीएको अवस्थामा फेलापरे लगत्तै उपचारको लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो तर अस्पतालमा उनलाई मृत घोषँणा गरिएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

कान्छी श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका गायक परियार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्