शनिबार थप ५५४ जनामा कोरोना संक्रमण,कुल संक्रमित १२३०९



काठमाडौं,असार १३ । शनिबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार नाघेको छ । बितेको २४ घन्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार अब देशभर संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

संक्रमितमध्ये २ हजार ८ सय ३४ जना उपचारपछि घर फर्किएका छन् भने २८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्