रेडक्रस र विपद् प्राधिकरणको टोलीद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रको अनुगमन



नुवाकोट,कात्तिक ८ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसहितको उच्चस्तरीय टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

टोलीमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाका स्वयंसेवकहरूको सहभागिता थियो।

संयुक्त टोलीले विदुर नगरपालिका–५ स्थित बाढी प्रभावित कोदोबारी र ठुलोगाउँमा रहेको होल्डिङ सेन्टरको निरीक्षण गरेको हो। अनुगमनका क्रममा बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, प्रभावित नागरिकका आवश्यकता तथा होल्डिङ सेन्टरको व्यवस्थापनबारे जानकारी लिइएको थियो।

टोलीले आगामी दिनमा बाढी प्रभावितको आवश्यकता सम्बोधन गर्न गर्नुपर्ने कार्यका विषयमा पनि सरोकारवालासँग छलफल गरेको छ।

प्रतिक्रिया दिनुहोस्