बुधबार ४८२ संक्रमणसंगै नेपालमा संक्रमितको संख्या १४ हजार नाघ्यो



काठमाडौं, असार । नेपालमा बुधबार ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै कुल संक्रमित संख्या १४ हजार नाघेको छ ।

थपिएका संक्रमितमध्ये  ३६५ पुरुष र ११७ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका  छन् । कुल १४ हजार ४६ संक्रमितमध्ये पुरुष १२ हजार २ सय ७२ र १७ सय ७४ महिला छन् ।

यसअघि हिजो कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको थियो । हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । पछिल्लो समय नेपालका सबै जिल्ला तहमा संक्रमित भेटिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्