स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
उदयपुर,कात्तिक ८ । उदयपुरको गाईघाटस्थित पिपलचोकमा शनिबार राति स्कुटरको ठक्करबाट ५२ वर्षीय रामबहादुर कार्कीको मृत्यु भएको छ।
राति ९ः०५ बजे स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा राति ९ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई गाईघाटमा होटल व्यवसाय गर्दै आएका कार्कीलाई ठक्कर दिने स्कुटर चालक २३ वर्षीय दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

