बुधबारसम्म आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं,कात्तिक ८ । देशका विभिन्न क्षेत्रमा बुधबारसम्म आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार र सोमबार हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आइतबार तथा कोशी प्रदेशका हिमाली क्षेत्रमा सोमबार हल्का वर्षा र हिमपातको सम्भावना छ।

मंगलबार र बुधबार पनि देशभर आंशिक बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।

यसैबीच, तराईका केही स्थान तथा उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्