नेकपा स्थायी कमिटीको बैठक शनिबारसम्मका लागि स्थगित



काठमाडौ,असार १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी शनिबारसम्मका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले  शनिबार बस्नेगरी बैठक स्थगित गरिएको  जानकारी दिएका छन् ।

पछिल्लो बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर अवस्थाका बारेमा बैठकलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्