बागमती प्रदेशभर कोरोना संक्रमितको संख्या ५०२ पुग्यो



काठमाडौ,असार १९ । बागमती प्रदेशभर कोरोना संक्रमितको संख्या ५ सय २ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाए अनुसार प्रदेशभर शुक्रबार थप २ जनामा संक्रमण पुष्टि भएसंगै बागमती प्रदेशमा संक्रमितको संख्या ५ सय २ पुगेको हो । 

शुक्रबार थपिएकामा सिन्धुपाल्चोका २५ वर्षीय पुरुष र चितवनका ५० वर्षीय पुरुष रहेका छन् ।

यसैगरि प्रदेशमा हालसम्म कोरोनाको कारण ६ जनाले ज्यान गुमाएका छन् भने २ सय संक्रमित कोरोना मुक्त भईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्