विभिन्न जिल्लामा थप २३२ जनामा कोरोना संक्रमण,कुल संख्या १५४९१



काठमाडौ,असार २० । बितेको २४ घन्टामा विभिन्न जिल्लामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिसंगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४ सय ५१ पुगेको छ भने दुईजनाको कोरोना संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २३२ जना थपिएका र दुई जनाको ज्यान गएको बताए । संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार ४ सय १५ जना उपचारपछि घर फर्किएका छन् भने ३४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्