आज गुरु पुर्णिमा,श्रद्धाका रुपमा गुरुलाई सम्झेर मनाइदै



काठमाडौ,असार २१ । आज गुरुपुर्णिमा अर्थात आषाढ शुक्ल पूर्णिमा । ज्ञान दिने गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ।

अध्याँरोबाट उज्यालोतर्फ लैजाने प्रमुख  पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ। मनुस्मृतिमा जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु उपनाम दिइएको छ । साथै आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरुको परिभाषा दिइएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ।

व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ। सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ।

गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ। गुरु एकदिनमात्र नभई अहिले प्रचलनमा रहेको गुरुपूजा वर्षाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको बताइन्छ।

आइतबार नै अर्थात आजकै दिन पौराणिक ग्रन्थ रचनाकार महर्षि व्यासको जन्मजयन्ती पर्छ। नेपाल लगायत हिन्दु धर्मावलम्बीले संसारभर ठुलो उत्सवका रुपमा आजको दिन गुरुलाई सम्झेर मनाउदैछ्न।

प्रतिक्रिया दिनुहोस्