बागमती प्रदेशभर कोरोना संक्रमितको संख्या ५२० पुग्यो



काठमाडौ,असार २१ । बागमती प्रदेशभर कोरोना संक्रमितको संख्या ५ सय २० पुगेको छ । शनिबार १८ जना कोरोना संक्रमित पुष्टि भए संगै संक्रमितको संख्या ५ सय २० पुगेको हो।

शनिबार थपिएका संक्रमितमध्ये सिन्धुपाल्चोकका १२ जना र चितवनका ६ जना गरि १८ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेशभर हालसम्म कोरोनाको संक्रमणबाट ६ जनाको मृत्यु भईसकेको छ ।

यसैगरि प्रदेशभर कोरोना संक्रमणबाट मुक्ति पाउनेको संख्या भने २ सय रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्