काठमाडौको नयाँ बसपार्क मा १२ वटा माईक्रोबस जल्यो



काठमाडाैं,असार २१ । काठमाडाैंको नयाँ बसपार्कमा आइतबार बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ ।

ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आगलागीको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्