विभिन्न जिल्लामा थप २९३ जनामा संक्रमण,कुल संक्रमित १५७८४



काठमाडौ,असार २१ । बितेको २४ घन्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित २९३ जनासहित देशभर संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको जानकारी दिएका छन् ।

संक्रमितमध्ये ६ हजार ५ सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्