चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन शाहलाई दिए मिर्गौलाका बिरामीले बधाई



काठमाडौ,असार २१। चिकित्साशास्त्र अध्ययन संस्थान(IOM) महाराजगन्ज काठमाडौका नवनियुक्त डिन प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हेमो- डाईलासिस गरिरहेका मिर्गौलाका बिरामी तथा बिरामीका आफन्तले बधाई तथा सफल कार्यकालको शुभकामना  दिएका छन् ।

सो अवसरमा बिरामीका आफन्तका तर्फबाट  एचके धितालले हाल त्रिभुवन शिक्षण अस्पतालमा रहेको हेमो-डाईलासिस युनिटमा डाईलासिस मेशिन थप गरि आधुनिक युनिट बनाउनु पर्ने माग गरेका छन् । साथै बिरामीका तर्फबाट  प्रेम कुमार श्रेष्ठले ब्रेनडेथ भएका बिरामीको मृगौला प्रत्यारोपण गर्ने ब्यबस्था यसै शिक्षण अस्पतालमा तत्काल लागू गर्नु पर्ने माग गरे ।

सफल कार्यकालका लागि बधाई तथा शुभकामना ग्रहण गर्दै नवनियुक्त डिन डाक्टर शाहले हेमो-डाईलासिस गर्न डाईलासिस युनिटलाई नयाँ तीन वटा मेशिन खरिद गरिसकेको र दश वटा मेशिन थप गर्न स्वास्थ्य  मन्त्रालयसंग  कुराकानी भइरहेको जानकारी दिनुभयो । साथै हेमो-डाईलासिस युनिटलाई आधुनिकीकरण गरिने कुरामा उनले जोड दिए।

नवनियुक्त डिन प्राध्यापक डाक्टर शाह

ब्रेनडेथ भएका बिरामिको मृगौला प्रत्यारोपण गर्न कानुन पास भैसकेकोले तत्काल  लागू गर्न पहल हुने पनि नवनियुक्त डिन शाहले बताउनु भयो।मृगौला बिरामिले भोग्नु पर्ने सम्पुर्ण समस्या र अभाबको बारेमा आफू जानकार भएकोले यस सम्बन्धि आफ्नो कार्यकालमा नयाँ केहि गरेरै छाड्ने डाक्टर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्