फेरि पनि फेसबुकमा लाईभ गर्दै आत्महत्या



चितवन —असार २२। पछिल्लो समय फेसबुकमा लाइभ गर्दै आत्महत्या गर्नेको लहड चलेको छ। सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आत्महत्या गरेकी हुन । केही समय अघि दाङमा पनि यस्तै घटना भएको थियो ।

यसैगरी शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना १९ वर्षीया युवतीले झुन्डिएर आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ती युवतीले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभास भट्टले जनाएका छन् ।

भरतपुर महानगरपालिका घर भएकी ती युवती ब्युटि पार्लर र अनलाइन व्यवसायी भएको प्रहरीले उल्लेख गरेको छ।

आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्