सेनाका जवानलगायत प्यूठ मछिन्द्र भण्डारीले हाइटेन्सन लाइनबाट करेन्ट लागी घाइतेको उद्धार पुन: स्मरण गर्दा



काठमाडौं, असार २२ । शुक्रबार राति (असार १९) बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेस गाउँमा पहिरो गयो । पहिरोमा १८ घर बगे । ६ जनाको ज्यान गयो भने अझै १ जना बेपत्ता छन् ।

अविरल वर्षापछि निम्तिएको विपत्तिबाट आहात भएकालाई राहत दिन भन्दै नेपाली सेनाको टोली गाडीसहित घटनास्थलतर्फ प्रस्थान गर्‍यो । अफसोच घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा गाडी अनियन्त्रित भई दुर्घटना भयो । त्यसक्रममा सेनाका ३ जना घाइते भए । यो त प्रतिनिधिमूलक घटनामात्र हुन् ।

प्यूठ मछिन्द्र भण्डारी

नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता तथा भौगोलिक अखण्डताको संरक्षण तथा राष्ट्र र राष्ट्रवासीको सेवामा सदा समर्पित हुँदै आएको संस्था हो । सेनाले राष्ट्रिय विकास निर्माण, वन्यजन्तु तथा वन सम्पदाको संरक्षण, पर्यावरण संरक्षण, जनहितका कार्य, स्वास्थ्य शिविर, दैविक प्रकोप उद्धार कार्यमा सक्रिय भई स्थापनाकालदेखि नै विभिन्न क्षेत्रमा सेवा पुर्‍याउँदै आइरहेको छ । जस्तै अप्ठ्यारो अवस्थामा पनि सेनाले जनविश्वास लिएर काम गर्दै आएको छ । त्यो २०७२ सालको विनाशकारी महाभूकम्प होस् वा बर्सेनिको बाढीपहिरो, आगलागी । अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को उद्धार, उपचार र शव व्यवस्थापन लगायत कार्यमा सैनिक जवान र अधिकारीहरु अग्रपंक्तिमा खटिँदै आएका छन् ।

जनतालाई कुनै पनि बेला प्राकृतिक प्रकोप र भौतिक, सामाजिक अप्ठ्यारोमा साथ दिन तयार सेनाको सम्बन्ध जनतासँग नङ र मासुजस्तै रही आएको छ । सेनाले विगतमा आफ्नो ज्यानको प्रवाह नगरी गरेको उद्धारलाई स्मरण गर्ने हो भने २०७६-७-२२ गते नेपाली सेनाको श्री गोरखबहदुर गण नारायणहीटी राजदरबारमा कार्यरत प्युठ मछिन्द्र भण्डारी पनि एक उदारण हुन् । काठमाडौं टोखा नगरपालिका वडा नं ८ बानियाँटारस्थित प्यूठ भण्डारीको डेरा नजिकैको नवनिर्मित घरको चार तलामाथि छतमा रहेको ट्‍वाइलेटमा बिजुली बत्ती जडान गर्ने क्रममा हाइटेन्सन लाइनबाट करेन्ट लागी लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका ३ सूर्यपाल लामाचौर स्थायी घर भइ हाल अस्थायी काठमाडौं म्हेपीमा बस्दै आएका देवराज अधिकारीलाई नुवाकोट पञ्चकन्या गाउँपालिका वडा ३ घलेभन्ज्याङ स्थायी घर भएका प्यूठ मछिन्द्र भण्डारीले पूरै शरीरमा आगो दन्किरहेको अवस्थामा भेटेका थिए ।

यसरी गरेका थिए प्यूठ भण्डारीले उद्धार
प्यूठ भण्डारी मिति २०७६/०७/२२ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौं टोखा नगरपालिका ८ बानियाँटारमा रहेको डेरामा पुगेका थिएँ । रुममा पुगेको केही समयपछि उनले एक्कासी बम पड्केजस्तरी ठूलो आवाज सुनेँ । कसलाई के भयो होला भनी हतारहतार बाहिर निस्किए । आफ्नै डेरा छेउकै नवनिर्मित घरमा मान्छे चिच्याएको सुने उनले । हत्त न पत्त केही सेकेन्डमै घटनास्थल पुगे । उनी घटना भएको घर पुग्नासाथ ४ तलाबाट मान्छे आत्तिएर कराउँदै तल झरे । उनले कसलाई के भयो ? आवाज कहाँबाट आयो ? भनी बुझे । एक जना इलेक्टिसियन काम गर्ने मान्छे माथि हाइटेन्सन करेन्ट लागेर जलिरहेको भन्ने खबर पाउनासाथ माथि उक्लिए । उनीहरुले मरिसकेको भने पनि भण्डारीले घाइते अवस्थामा देखेपछि बचाउँछु, बचाइहाल्नुपर्छ भनी सहास बटुलेर तला चढेका थिए । उनले शौचालयमा एक जना मान्छे शरीरभरी तार बेरिएको र आगो दन्किरहेको दृश्य देखे ।

अरुले नजानुस् है नजानुस् भन्दाभन्दै उनी भने हतार-हतार बिजुलीको तार कताबाट जोडिएको रहेछ भनी एकीन गर्नतिर लागिहाले । त्यस बेला बिजुलीको तार छुटाइ, अन्यत्रको करेन्ट सप्लाइ गरिएको तार एकीन गरी घाइतेमाथि अलिकति पानी खन्याइदिए । पानीले आगो अझै ननिभेपछि निर्माणाधीन घर भएकले नजिकै रहेको बालुवा प्रयोग गरी उक्त घाइतेको शरीरमा दन्किरहेको आगो नियन्त्रणमा लिएका थिए । आगो नियन्त्रणमा लिनासाथ छतबाट सडकमा रहेका केही व्यक्तिलाई एम्बुलेन्स ! एम्बुलेन्स !! भनी कराए । एक जना मान्छे करेन्ट लागि जलिरहेको छ उहाँलाई बचाउन सकिन्छ, तपाईंहरु एम्बुलेन्स बोलाउनु । हेल्प मी हेल्प मी, केही व्यक्ति माथि आउनुहोस् । म घाइतेलाई तल ल्याउँछु । उहाँलाई बचाउन सकिन्छ भनी प्यूठ भण्डारी माथिबाट कराएका थिए ।

पछि घाइतेलाई त्यही अवस्थामा राख्दा झन् मृत्युसमेत हुन सक्छ भन्ने तत्कालको सोचपछि आफ्नो ज्यानको बाजी राखेर नाङ्गो हातले घाइतेको शरीरमाथि करेन्ट चेक गर्न बाध्य भए भण्डारी । र, करेन्ट प्रवाह नभएको पाएपछि ट्वाइलेटबाट घाइतेलाई बाहिर निकाले । घाइते अधिकारीको कपडा प्राय: जलिसकेको थियो भने जिउमा जता समायो त्यहीको छाला खुइलिने अवस्थामा पुगिसकेको थियो । पछि केही स्थानीयको सहयोग लिइ तल रोडसम्म ल्याई घाइतेको शरीरमा बेरिएर डढेको तार पन्छाए । एम्बुलेन्स नपाएपछि जलेका टुक्रा कपडाले शरीरका केही भाग छोप्दै ट्याक्सीमार्फत हस्पीटल पठाइदिए । पछि घाइतेको अवस्था बुझ्न पनि उनी टिचिङ हस्पीटल पुगे । घाइते देवराज विस्तारै निको भए ।

…………………………………………………………………………………………………………………………….

उक्त कार्यबाट प्यूठ भण्डारी सामाजिक सञ्जाल, सञ्‍चारमाध्यममा निक्कै चर्चा कमाउन सफल भए । ती कार्य गरेका प्यूठ भण्डारी अहिले सेवामा निरन्तर कार्यरत छन् । त्यसो त, नेपाली सेनाको गोरखबहादुर गणका गणपति, प्रधानसेनापति र नेपाली सेनाको तालुक अड्डाअन्तर्गत रहेका रक्षामन्त्री साथै नेपालका राष्ट्रपतिले समेत यस्तो ज्यानको प्रवाह नगरी उत्कृष्ट काम गर्ने व्यक्ति लगायत अन्य जवानको मनोबल उच्च राखि विगतमा जस्तै अप्ठ्यारो परिस्थिति आए पनि सामना गर्न सक्ने हौसलाको लागि पनि सम्मान गर्नै पर्ने देखिन्छ । मृत्युसँग नडराई, आफ्नो ज्यानको बाजी लगाइ अरुको ज्यान बचाउने व्यक्तिको कदर र सम्मान कसरी होला त्यो भने नागरिकले हेर्नै बाँकी छ ।

बायाँ प्यूठ मछिन्द्र भण्डारी र दायाँ उद्धारको क्रममा देवराज अधिकारी

प्रधानसेनापति पूर्णचन्द्र थापाले भनेजस्तै राम्रो काम गर्नेलाई पुरस्कार र सम्मान, अनुशासन र नियमविपरीत काम गर्नेलाई दण्ड सजाय हुनुपर्ने विचार छ । तर भण्डारी जस्ता वीरतापूर्ण काम गर्नेहरुको अझै कदर गर्न कतै ढिला भएको त हैन ? भन्ने सम्बन्धित क्षेत्रका व्यक्तिहरु लगायत सम्पूर्णको गुनासो गरिरहेका छन् ? प्यूठ भण्डारीजस्तै सेनाका अरु जवानले पनि उच्च मनोबलका साथ समाज र देशमा आइपर्ने समस्या निराकरणका लागि सहयोग, सद्भावपूर्ण काम गर्नु जरुरी पनि छ ।

टिचिङ अस्पतालमा घाइते देवराज अधिकारीलाई भेट्दै प्यूठ मछिन्द्र भण्डारी

प्रतिक्रिया दिनुहोस्