नेपालमा ९९ प्रतिशत कोरोनाको बिरामी लक्षणविहीन



काठमाडौं,असार २४ । नेपालमा ९९ प्रतिशत कोरोनाभाइरसका बिरामी लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ रहेका छन् ।

परिक्षणका क्रममा पुष्टि भएका ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन् । नेपालमा स्वास्थ्य मन्त्रालयले १६ हजार १ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि गरिसकेको छ । जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनक्रममा हालसम्म दुई लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेको जनाएको छ । सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले लक्षण भएका सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा पनि कम रहेको खुलाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १२ हजार सङ्क्रमितको परीक्षण प्रतिवेदन अध्ययन गरेको छ । डा पाण्डेले अध्ययन गरिएको प्रतिवेदनमध्ये दशमलब पाँच प्रतिशत मात्रै लक्षण भएको बिरामी फेला परेको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्