२० ग्राम खैरो हेरोइनसहित नुवाकोट ककनीका २५ वर्षीय अभय तामाङ पक्राउ



काठमाडौं,कात्तिक १०। काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मानसिंह स्कुल नजिकैबाट २० ग्राम खैरो हेरोइनसहित नुवाकोटको ककनी गाउँपालिका–२ का २५ वर्षीय अभय तामाङ पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले तामाङको कोठामा खानतलासी गर्दा गएराति खैरो हेरोइन फेला पारेपछि उनलाई पक्राउ गरेको हो।

मनमैजु क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको गतिविधि बढ्दै गएको भन्दै स्थानीयस्तरबाट गुनासो आएपछि प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको जनाइएको छ। सोही क्रममा गरिएको कारबाहीमा तामाङ पक्राउ परेका हुन्।

पक्राउ परेका तामाङमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। बरामद पदार्थको स्रोत, सम्भावित कारोबार तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्