सभामुख सापकोटाको आँखाको शल्यक्रिया, खर्च आफैंले व्यहोर्ने



काठमाडौं २४ असार । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान साढे १० बजे शल्यक्रिया गरेको हो ।

केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा शल्यक्रिया गरिएको हो । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयम्‌ले व्यहोर्नु भएको छ । शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका उनको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्