बितेको २४ घन्टामा २५५ जनामा कोरोना संक्रमण, कुल संक्रमित १६ हजार ४२३



काठमाडौं,असार २४ । बितेको २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ५५ जनामा संक्रमण देखिएको जानकारी दिए । योसंगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्