सिन्धुलीमा जिप दुर्घटना,४ गम्भीर घाइते



सिन्धुली,साझापथ संवाददाता।सिन्धुलीमा बोलेरो जिप दुर्घटना भएको छ ।  फिक्कल गाउँपालिका-५ स्थित सोल्मामा ना ४ च ५२८५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। दुर्घटनामा  चार जना गम्भीर घाइते भएका छन ।

स्थानीयबासीका अनुसार घाइते एक पुरुषको अवस्था भने चिन्ताजनक रहेको छ। सामान लिएर घर जाँदै गरेको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

फिक्कल गाउँपालिका वडा नम्बर पाँच का अध्यक्ष राजु बरालका अनुसार घाइतेलाई स्थानीयले उद्दार गरेर उपचारका लागि खुर्कोट तर्फ लगिएको छ ।

हेलिकप्टर मगाएर घाइतेलाई काठमाडौं पठाउन लागिएको खुर्कोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्