बन्दुकसहित नुवाकोटको तादीबाट दुई पक्राउ



नुवाकोट,साझापथ संवाददाता। नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले बुधबार पक्राउ गरेको छ ।

तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई तिनका आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सानुबाबुका घरमा लुकाएर राखिएको बन्दूकसहित उनीहरुलाई पक्राउ गरिल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

अभियुक्तहरुलाई हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्