नुवाकोटको लिखुमा कृषकको मनोबल बढाउन कृषि फार्म अवलोकन



नवराज थापा

नुवाकोट । कृषकको मनोबल बढाउन नुवाकोटको लिखु गाउँपालिकाका कृषकहरुको कृषि फार्ममा अवलोकन गरिएको छ ।

बुधबार कृषक दिवस समेत मनाउँदै सम्पन्न अवलोकनमा ७ वटा कृषक समूहका सदस्य तथा स्थानीय सहकारीका कर्मचारीको उपस्थिति रहेको थियो । अवलोकनका क्रममा लिखु गाउँपालिकाका मिरा थापाको अकबरे खुर्सानी,रामहरी अधिकारी को गोलभेडा खेती,लिखुकै दिपककुमार पन्तको करेला खेती,गोबिन्द आचार्यको गोलभेडा तथा बोडी खेती,शिवपुरीका राम पुडासैनीको आधुनिक प्रविधि सहितको तरकारी फार्म भ्रमण गरेको हो।

पछिल्लो समय यस क्षेत्रका कृषकका बाली तथा तरकारीजन्य खेतीको नियमित अनुगमन तथा आवश्यक परामर्श समेत स्थानीयस्तरमा नै प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्