जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिइने



साझापथ संवाददाता

काठमाडौ,असार २५ । लकडाउनले गर्दा बन्द रहेको सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।

बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन गर्न दिइने बताएका हुन। ‘सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिनेछ’-मन्त्री खतिवडाले भने ।

पत्रकार सम्मेलनमा बोल्दै डाक्टर खतिवडाले अहिलेको निर्णय भने काठमाण्डौँको हकमा उपत्यका र अन्य जिल्लाको हकमा सो जिल्लामा मात्र लागु हुने बताए । सार्वजनिक यातायातको हकमा सुरक्षालाई महत्वको साथमा लिनुपर्ने समेत उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्