सरिता गिरीको सांसद पद गयो



साझापथ संवाददाता

काठमाडौँ,असार २५ । सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ ।

समाजवादी पार्टीकी सांसद रहेकी गिरीको पद रिक्त भएको संसदका महासचिव डा. भरतराज गौतमले बताए। उनले बिहीबार सूचना प्रकाशित गरेर संसद पद रिक्त रहेको जनाएका छन् । 

समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भनी केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने निर्णय भएको पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको सचिवालयले जनाएको हो ।

समाजवादी पाटीले गिरीलाई निष्काशन गरेको सूचनासहित उनलाई सांसदबाट पदमुक्त गर्न बुधबार सचिवालयमा पत्र पठाएको थियो ।संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो ।राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले संविधान बमोजिम उनको पद रिक्त भएको सचिवालयले जनाएको छ । संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको हो ।

गिरीको पद रिक्त भएसँगै उनको ठाउँमा अब लिला सिटौला सांसद बन्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्