नेकपा स्थायी कमिटी बैठक फेरि सर्‍यो, अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिको प्रयास गर्ने



काठमाडौं २६ असार । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिका लागि भन्दै नेकपा बैठक स्थगित गरिएको हो ।

प्राकृतिक प्रकोपका घटना बढेकाले तत्काल उद्दार तथा राहतमा केन्द्रित हुन भन्दै बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । उनले प्राकृतिक प्रकोप पीडितको उद्दार तथा राहतमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । बैकठ अब साउन २ गते बिहान ११ बजे बस्नेछ ।

नेकपामा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । तर, विवाद समाधान भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्