नुवाकोटको तादी खोलाले बगाउँदा एक बेपत्ता,एकको उद्धार



साझापथ संवाददाता

नुवाकोट,असार २६ । नुवाकोटको तादी खोलाले बगाउँदा एक बेपत्ता भएका छन् भने अर्का एकको जिवितै उद्धार गरिएको छ । बेपत्ता हुनेमा विदुर नगरपालिका वडा नम्बर ५ का ४३ वर्षीय राजेन्द्र कुमाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहिवार साँझ  बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा रहेको खेतमा काम गरेर फर्किने क्रममा उनलाई तादी खोलाले बगाएको थियो । बेपत्ता कुमालको खाजी कार्य जारी रहेको बताइएको छ ।

राजेन्द्रसंगै खोला तर्न लागेका १७ वर्षीय विजय कुमालको भने उद्धार गरिएको छ । उनको हाल त्रिशूली अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्