विभिन्न जिल्लामा ११८ कोरोना संक्रमित थपिए,कुल संख्या १६६४९



काठमाडौं,असार २६ । कोरोना भाइरस संक्रमितको संख्या । बितेको २४ घन्टामा विभिन्न जिल्लामा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा भने कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ सय १८ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ८ हजार ११ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्