जोखिम क्षेत्रका नागरिकको वैकल्पिक बासस्थानको व्यवस्था गर्न सरकारसँग घेदुङको माग



काठमाडौ,असार २६ । नेपाल तामाङ घेदुङले बाढीपहिरोको जोखिम क्षेत्रका नागरिकको वैकल्पिक बासस्थानको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सिन्धुपाल्चोक, लमजुङ लगायत देशभर बाढी पहिरोबाट दर्जनौंको मृत्यु, बेपत्ता र करोडौंको क्षति भएको भन्दै आगामी वर्षको वर्षयाममा बाढी पहिरोबाट जोगाउने योजनाका लागि सरकारसँग माग गरेको हो । शुक्रबार घेदुङका महासचिव महितकुमार तामाङले विज्ञप्ति निकालेर वर्षयाममा सचेत हुन जनसमुदायहरुमा अनुरोध गरेका छन् ।

त्यस्तै बाढी पहिरोपीडितका लागि नेपाल तामाङ घेदुङको विपद व्यवस्थापन कोषमार्फत राहत वितरण गरिने जनाउँदै सहयोगीहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्