मनसुनपछि बाढी पहिरोमा परी ४६ को मृत्यु,३७ घाइते,५८ बेपत्ता



काठमाडौं,असार २७ । मनसुन सुरु भएको जेठ ३१ गते यता बाढी पहिरोबाट बढी क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जस अन्तर्गत मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी र पहिरोजन्य ठूला विपद्का घटका भएका छन् ।

पछिल्लो दिन यता पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्घीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय विपदपछिको उद्धार, राहत र उपचारमा जुटेको छ ।

पर्वत, पाल्पा, बझाङ, गुल्मीको इश्मा ,सिन्धुपाल्चोक, म्याग्दी, कास्की, जाजरकोट, लमजुङ, रुकुम पश्चिममा गएको पहिरोमा परी ४६ जनाको मृत्यु भएको हो । जसमा ३७ जना घाइते भएका छन् । गृहमन्त्रालयस्थित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार ती घटनामा परी हालसम्म ५८ जना बेपत्ता रहेको खबर शुक्रबार साँझसम्म सङ्कलन भएको छ ।

शुक्रबार मात्र मात्र एक जनाको बाढीले बगाएर र २३ जनाको पहिरोमा परी मृत्यु भएको छ, २४ जना बेपत्ता छन् ।

यो  समाचार आजको गोरखापत्रमा प्रकाशित  छ ।

प्रतिक्रिया दिनुहोस्