शनिबारको मौसम पूर्वानुमान : नेपालका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा [बुटेलिन पनि]



साझा पथ संवाददाता

काठमाडौं २७ असार । मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा अहिले वर्षा भईरहेको जनाएको छ ।

शनिबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । महाशाखाले दिउँसोको मौसम पूर्वानुमान गर्दै देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

यस्तै, महाशाखाले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । रातिको मौसम पूर्वानुमानमा देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले निकालेको मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०३-२७, विहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। 

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा अहिले वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र  प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र  गण्डकी प्रदेश का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र  सुदुर पश्चिम प्रदेश को एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

असार २८ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  प्रदेश २, प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

असार २९ गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र  प्रदेश न २ का केही स्थानहरुमा तथा  वाग्मती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ का केही स्थानहरुमा तथा  बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्