जंगली च्याउ खाँदा ४ बिरामी



साझापथ संवाददाता

रुपन्देही, असार२७ । रुपन्देहीमा जंगली च्याउ खाँदा ४ जना बिरामी परेका छन् ।   रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका हुन्  ।

शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन। बिरामी पर्नेमा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी रहेका छन्  ।

उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो ।

च्याउ खाएपछि उनीहरुलाई बान्ता भएकाले उपचारका लागि अस्पताल ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्