धादिङमा मास्क अनिवार्य,नलगाउनेलाई १०० रुपैयाँ जरिवाना



साझापथ संवाददाता

धादिङ, असार  २७ । धादिङमा मास्क अनिवार्य गरिएको छ।धादिङको प्रवेश नाका धादिङबेसीस्थित  पुछारबजारमा प्रहरीले यो नियम लागु गरेको छ । प्रहरीले पछिल्लो दिन यता मास्क नलगाउनेहरुलाई १०० रुपैया जरिवाना समेत  गर्न थालेको छ ।

कोरोना भाईरस रोकथामका लागि सरकारले मास्क अनिवार्य गरेसंगै धादिङमा पनि प्रहरीले शुक्रबारदेखि मास्क  नलगाउनेलाई कार्वाही स्वरुप १०० रुपैयाँ जरिवाना लिन थालेको हो । गृह मन्त्रालयले निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय धादिङले घर बाहिर निस्कँदा मास्क अनिवार्य नत्र जरिवानाको व्यवस्था गरेको हो ।

पछिल्लो दिन यता धादिङमा पैदल यात्रु तथा  सवारी साधन चलाकलाई समेत मास्क अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्