विभिन्न जिल्लामा थप ७० जनामा कोरोना संक्रमण,कुल संक्रमित संख्या १६७१९



काठमाडौ,असार २७ । बितेको २४ घन्टामा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका ७० जनासहित कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । संक्रमितमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि निको भइ घर फर्किएका छन् ।

त्यस्तै ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्