कोरोनाका कारण नेपालमा थप तीन जनाको ज्यान गयो



काठमाडौ,असार २७ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको ज्यान गएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत काठमाडौं गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले उल्लेख गरेका छन् । यससंगै नेपालमा कोरोनाका कारण  मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

यसैगरि शनिबार  थप ७० जनमा कोरोना पुष्टि भएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ।

यसैगरि संक्रमितमध्ये हालसम्म ८ हजार ४ सय ४२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्