प्युठानमा सडेगलेको अवस्थामा महिलाको शव फेला



साझापथ संवाददाता

प्युठान,असार २७ । प्यूठानमा एक महिलाको बेवारीसे अवस्थामा सडेको शब फेला परेको छ ।

जिल्लाको ऐराबति गाउँपालिका वडा नम्बर ५ सराङबेसि स्थित झिमरुक खोलाबाट खेतमा सिचाईको लागि लगेको कुलोमा एक जना महिला शनिबार मृत फेला परेकी छन् । परिचय खुल्न नसकेकी अन्दाजी ५०/५५ वर्षीया महिला कुलोमा मृत फेला परेको प्रहरी बरिष्ठ उपरीक्षक एवं ५ नंवर प्रदेश प्रहरी कार्यालय दाङका प्रबक्ता राजकुमार बैदवारले जानकारी दिए। सडेगलेको अबस्थामा फेला परेको शबलाई परीक्षण गर्न नसकिने भएकोले गाउपालिकासंगको समन्वयमा सतगत गरिएको बैदवारले बताए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्