अध्यक्ष दाहालद्वारा चितवनको बाढी प्रभावित क्षेत्रको निरीक्षण



सझापथ संवाददाता

चितवन,असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनस्थित बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि अध्यक्ष दाहाल शनिबार गृहजिल्ला चितवन पुगेका थिए। बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै अध्यक्ष दाहालले प्रभावितहरुसँग भेटघाट गरी समस्याका समाधानका उपायका बिषयमा समेत छलफल गरेका थिए ।

अवलोकनका क्रममा प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, महानगरका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले धन जनको क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्