शनिबार एकैदिन ४३१ कोरोना संक्रमित निको भएर घर फर्किए



काठमाडौँ असार २७ । शनिबार एकैदिन ४ सय ३१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। तथ्यांकअनुसार नेपालमा ५०.५ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् ।

मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएसंगै हालसम्म कोरोनाबाट मुक्ति पाउनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।

कोरोनाबाट हालसम्म ३८ जनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म १६ हजार ७ सय १९ जनालाई कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्