नुवाकोटमा ट्याक्सी दुर्घटना,एकको मृत्यु



साझापथ संवाददाता

नुवाकोट,असार २७ । नुवाकोटमा शनिवार दिउँसो ट्याक्सी दुर्घटना भएको छ। विदुर नगरपालिका वडा नं ५ माझीटारमा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ ।

पासाङ ल्हामु राजमार्गमा बिदुरबाट गल्छीतर्फ गईरहेको बा. २ ज.५२३३ नम्बरको ट्याक्सी अनियन्त्रित भई रोडको बाँया साईडमा रहेको पानी बग्ने नहरमा खसेको थियो।

दुर्घटनामा धादिङ धुनिबेसी नगरपालिका वडा नं ७ का ५२ वर्षिय नवराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उपचारको लागी अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गाडीमा सवार नुवाकोट तादी गाउँपालिका वडा नं २ का ५१ वर्षका ज्ञानेन्द्र शिलवालको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्