नुवाकोट पञ्‍चकन्या २ का सय परिवारलाई खाध्यान्न वितरण



नुवाकोट संवाददाता

नुवाकोट,असार २७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. २ मा बसोबास गर्ने करिब १०० विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) प्रभावित स्थानीयलाई नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) को राष्ट्रिय समिति तथा वाग्मती प्रदेश समितिले शनिबार सहयोग बाँडेको हो । कार्यक्रममा फियन राष्ट्रिय समितिका महासचिव हरिराज खरेलले कोभिड–१९ को विषम परिस्थितिमा नेपाल वित्तीय संस्था कर्मचारी संघले विगतमा सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यलाई निरन्तरता दिइएको बताए । उनका अनुसार चामल लगायत खाद्यान्न वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा कांग्रेसका नेता रामेश्वर थापा, नुवाकोट जिल्ला समन्वय समिति सदस्य जगदिश फुँयाल, वाग्मती प्रदेश समिति अध्यक्ष रामशंकर बस्नेत लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्