नेकपा नुवाकोटले पार्टी निर्देशन विपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने



साझापथ संवाददाता

नुवाकोट, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटले पार्टी निर्देशनविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायणप्रसाद खतिवडाले शनिबार विज्ञप्ति निकालेर स्थायी कमिटी बैठकका विषयमा उठेका विषयलाई लिएर सडक प्रदर्शन, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पक्ष विपक्षका टिप्पणीले कार्यकर्ता र आम जनमानसमा निरासा फैलाउने भएकोले त्यस्ता क्रियाकलाप नगर्न भनिएको हो । यस्ता गतिविधिले पार्टी एकताको भावनामा चोट पुग्ने, सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्ने लगायत लक्ष्यमा बाधा पर्ने भएको त्यसो नगर्न/ नगराउन आग्रह गरिएको हो ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्